Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कर्पोरेट डेभलपमेन्ट बैंकले अवितरित हकप्रद खरीदका लागि प्राप्त बोलपत्र आज खोलिदैं, कति कित्ता बिक्री गर्दैछ ?

कर्पोरेट डेभलपमेन्ट बैंकले अवितरित हकप्रद खरीदका लागि प्राप्त बोलपत्र आज खोलिदैं, कति कित्ता बिक्री गर्दैछ ?


  • 3.5K
    Shares

    • images
    कर्पोरेट डेभलपमेन्ट बैंकले अवितरित हकप्रद खरीदका लागि प्राप्त बोलपत्र आज खोलिदैं, कति कित्ता बिक्री गर्दैछ ?
    images

    कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको लिलामी शेयर बिक्रीका लागि गोप्य सिलबन्दी बोलपत्र आज खुल्ने भएको छ । कम्पनीले चैत १६ गतेदेखि २४ गतेसम्म अवितरित हकप्रद शेयर बिक्रीको लागि गोप्य सिलबन्दी बोलपत्र माग गरेको थियो ।

    बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड, सुन्धारा, काठमाडौंमा दिउँसो १ बजे गोप्य सिलबन्दी बोलपत्र खोलिने जानकारी कम्पनीले दिएको छ ।

    कम्पनीले यस अघि माघ ७ गतेदेखि फागुन १३ गतेसम्म १५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको १ लाख २० हजार १२० कित्ता हकप्रद शेयर लिलामीमा बिक्री गरेको हो ।

    प्रतिशेयर १ सय रुपैयाँ तोकिएको यो शेयर खरिदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो ।

    यस शेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल २० करोड चुक्ता पूँजी रहेको कम्पनीले १ बराबर १ दशमलव ५ कित्ता शेयरको अनुपातमा  ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद शेयर बिक्री गरेको हो ।

    प्रकाशित मिति :बैशाख २ २०७९ शुक्रवार - ११:४९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij