Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

१६ वैशाखपछि मेलम्चीको पानी काठमाडौंको धारामा

१६ वैशाखपछि मेलम्चीको पानी काठमाडौंको धारामा


  • 4.0K
    Shares

    १६ वैशाखपछि मेलम्चीको पानी काठमाडौंको धारामा

    सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको खानेपानी काठमाडौं उपत्यका पठाइएको छ । सुरुङमा प्राविधिक समस्या नदेखिएको अवस्थामा आगामी १४ वैशाखमा मेलम्चीको पानी सुन्दरीजल आइपुग्नेछ ।​ खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार मेलम्ची खानेपानीको पुनः उद्घाटन गरेका छन् । पानी १४ वैशाखमा सुन्दरीजल आइपुगेपछि त्यहाँ रहेको प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पुग्नेछ । वितरण प्रणालीमार्फत उपभोक्ताका धारामा पानी पठाइनेछ ।

    मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले मंगलबार सुरुङमा छाडिएको सुरुङमा पठाइएको प्रतिसेकेन्ड २ सय ६५ लिटर पानी काठमाडौं सुन्दरीजल आइपुग्न १५ दिन लाग्ने बताएका छन् ।

    सुन्दरीजलमा पानी आइपुगेको दुई दिनपछि वितरणका लागि तयार हुनेछ । यसरी तयार भएको पानी वितरण काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) गर्नेछ । केयूकेएलले तालिका बनाएर उपभोक्ताको धारामा पानी पठाउनेछ । आजको राजधानी दैनिकमा समाचार छ ।

    प्रकाशित मिति :चैत्र ३० २०७८ बुधवार - ०६:१६:४१ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij