Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

उम्मेदवार चयन गर्न माओवादी केन्द्रको ६ बुँदे परिपत्र (पत्रसहित)

उम्मेदवार चयन गर्न माओवादी केन्द्रको ६ बुँदे परिपत्र (पत्रसहित)


  • 3.6K
    Shares

    उम्मेदवार चयन गर्न माओवादी केन्द्रको ६ बुँदे परिपत्र (पत्रसहित)

    सत्तारूढ नेकपा माओवादी केन्द्रले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि वैशाख ५ गतेभित्र उम्मेद्वारको सिफारिस गर्न देशभरका प्रदेश समितिलाई परिपत्र पठाएको छ।

    सत्ता गठबन्धनका दलबीच आपसी तालमेल र उम्मेदवार छनोटको विधि र प्रक्रियाबारे अध्यक्ष प्रचण्डले पार्टीका सबै प्रदेशका इन्चार्ज र अध्यक्षलाई ६ बुँदे परिपत्र पठाएका हुन्।

    परिपत्रमा उम्मेदवार छनोट गर्दा हरेक जिल्लामा कम्तीमा एक पालिका प्रमुख वा अध्यक्ष र हरेक पालिकामा कम्तीमा एक वडाध्यक्षमा महिला उम्मेदवार राख्न भनिएको छ।

    अध्यक्ष प्रचण्डले सकेसम्म सत्ता गठबन्धनका दलबीच तालमेललाई प्राथमिकता दिने तर तालमेल हुन नसक्ने अवस्था आएमा र सत्ता साझेदार दलबीच नै स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आए केन्द्रको स्वीकृति लिएर गर्न सर्कुलर गरिएको छ।

    महानगर, उपमहानगरका प्रमुख र उपप्रमुखका उम्मेदवार सर्वसम्मत भए एक-एक जना, नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पठाउन प्रदेश समितिलाई भनिएको छ। यसको अन्तिम निर्णय भने केन्द्रीय कार्यालयले गर्ने उल्लेख छ। 

    यसैगरी नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको सिफारिस सम्बन्धित पालिका समितिले गर्ने र सम्बन्धित जिल्ला समन्वय समितिको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुंगो लगाउन भनिएको छ। जसको अनुमोदन भने केन्द्रीय कार्यालयले गर्ने माओवादी केन्द्रको परिपत्रमा उल्लेख छ। 

    परिपत्रअनुसार वडाध्यक्ष र सदस्यको हकमा पार्टीको सम्बन्धित वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्ने र प्रदेश समितिले अनुमोदन गर्नुपर्नेछ।

     

    ma.jpg

    प्रकाशित मिति :चैत्र २९ २०७८ मंगलवार - १३:०५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij