२०८२ माघ ७ गते बुधवार
काठमाडौं। नेपाल धितोपत्र बोर्डले दुई हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ।
बोर्डले विन्द्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो।
बोर्डले विन्द्यवासिनी हाइड्रोपावर कम्पनीलाई २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको छ।
कम्पनीले उक्त सेयर आयोजना प्रभावित क्षेत्रमा स्थानिय बासिन्दा र सर्वसाधारणको लागि निष्कासन गर्नेछ।कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।
यस्तै, दोर्दी जलविद्युत् कम्पनीले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको छ।
कम्पनीले २९ करोड ५१ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij