Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

अर्थ मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट कार्यतालिका तयार

अर्थ मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट कार्यतालिका तयार


  • 11.7K
    Shares

    अर्थ मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट कार्यतालिका तयार

    अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० बजेटको कार्यतालिकाको काम गर्ने भएको छ। अर्थ मन्त्रालयल बजेट ल्याउन ५७ दिन बाँकी रहँदा कुन दिन के गर्ने भन्ने विषय समेटेर मन्त्रालयले कार्यतालिका तयार गरेको हो।

    संविधानअनुसार अर्थमन्त्रीले जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने व्यावस्था छ। जसअनुसार मन्त्रालयले आय÷व्याय सम्बन्धी किताब (रातो किताब) जेठ १० गते नै छपाई गर्न प्रेस पठाउने तय गरेको छ। यस्तै जेठ ८ गते राष्ट्रपतिसमक्ष बजेट ब्रिफिङ गरिनेछ।

    आगामी बजेटका लागि मन्त्रालयले विभिन्न पक्षसँग छलफल सुरु गरिसकेको छ। यस्तै, चैत १ देखि यो महिनाको मसान्तसम्म मन्त्रालयले विभिन्न पक्षबाट आएका सुझावहरु संकलन गर्नेछ।विनियोजन विधेयकका सिद्धान्तहरु वैशाख २० गते संसदको दुवै सदनमा पेश गरिनेछ। वैशाख २ देखि १५ सम्म पूर्वअर्थमन्त्री तथा अर्थशास्त्रीहरुसँग छलफल गर्ने तालिका मन्त्रालयको छ। यसपछि वैशाख ३० मा सार्वजिक संस्थान र मन्त्रालयको प्रगति विवरण छाप्ने तालिका बनेको छ।

    यसैगरी, जेठ ८ मा व्यय अनुमान र खर्च शिर्षकगत अनुमानको अंक रुजुसहित अन्तिम मस्यौदा तयार हुनेछ।
    जेठ १२ गते आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिने तयारी छ। सोहि दिन बजेटलाई पनि अन्तिम टुंगो दिइनेछ।

    प्रकाशित मिति :चैत्र २४ २०७८ बिहिवार - ११:५९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij