Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

दराजको नयाँ वर्ष विशेष: नयाँ रहर नयाँ अफर

दराजको नयाँ वर्ष विशेष: नयाँ रहर नयाँ अफर


  • 4.7K
    Shares

    दराजको नयाँ वर्ष विशेष:  नयाँ रहर नयाँ अफर
    images

    दराजले यही चैत्र २८ गतेदेखि नयाँ वर्ष विशेष छुट 'नयाँ रहर नयाँ अफर' सुरू हुने घोषणा गरेको छ। 

    नयाँ वर्षको अवसरमा दराजले आफ्ना ग्राहकहरूलाई आश्चर्यजनक छटहरू दिलाउने भएको हो। जसमा ५ हजार रुपैयाँसम्मको भाउचर, विशेष अफरहरू, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ  याडिया एस लाइक स्कुटर जित्ने योजना सार्वजनिक गरेको हो।

    सो अभियानका लागि नेपाल बैंक लिमिटेड र दराजबीच सम्झौता भएको छ। नेपाल बैंकका कार्ड वाहकहरूले डेबिट प्रि-पेमेन्टमा १० प्रतिशत (अधिकतम एक हजार रुपैयाँ) र क्रेडिट कार्ड प्रि-पेमेन्टमा १५ प्रतिशत (अधिकतम पन्थ्र सय रुपैयाँ) सम्म छुट उपलब्ध हुनेछ। 

    त्यस्तै, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसिसी बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ बैंक र सांग्रिला बैंकका कार्ड वाहकहरूले डेबिट कार्डमा १० प्रितशत र क्रेडिट कार्ड अनलाइन प्रि-पेमेन्टमा १५ प्रतिशतसम्मको छुट पाउने दराजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    साथै, स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट-क्रेडिट कार्ड वाहकहरूले अनलाइन प्रि-पेमेन्टमा १५ प्रतिशतसम्म छुट (अधिकतम एक हजार रुपैयाँ) प्राप्त गर्न सक्नेछन्। यद्यपि यो अफर अप्रिल ११ तारिखदेखि अप्रित १५ तारिखसम्म मान्य हुनेछ।

     

    प्रकाशित मिति :चैत्र २४ २०७८ बिहिवार - ११:४१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij