२०८२ भाद्र ८ गते आइतवार
बैंकहरूकाे निक्षेप संकलन घट्दा कर्जा प्रवाह स्थिर रहेकाे छ । बैंकहरूकाे निक्षेप संकलन घटेपछि त्यसकाे प्रभाव सिडी रेसियाेमा परेकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चैत्र २१ गते, साेमबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब १० अर्ब रुपैयाँ निक्षेप रहेको छ । चैत्र २० गते बैंकहरूकाे निक्षेप ४९ खर्ब १२ अर्ब रूपैयाँ रहेकाे थियाे ।
एकैदिनमा बैंक तथा वित्तिय संस्थाहरूकाे कुल निक्षेप २ अर्बले घटेकाे हाे । यस अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि २ अर्बले नै घटेर ४३ खर्ब ४० अर्बमा झरेकाे छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij