२०८२ माघ ११ गते आइतवार
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४ अंकको गिरावट आएको छ। कारोबार समयदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १४ अंकले घटेर २४ सय ९८ अंकको बिन्दुमा आइपुगेको हो।
आज नेप्सेमा २५ सय १२ अंकको विन्दुबाट कारोबार सुरू भएको थियो। जसमा अन्तिम कारोबार समयअवधिसम्ममा ०.५९ प्रतिशतको गिरावट आएको हो। आज कारोबार रकम पनि उल्लेख्य छैन।
कारोबार अवधिभरमा ३४ लाख २९ हजार कित्ता सेयर १ अर्ब ५८ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ। यसक्रममा आज सबै १३ वटै समूहमा गिरावट आएको छ। जसमध्ये, निर्जीवन बीमा कम्पनी समूहमा २०० अंकको गिरावट आएको छ।
यस्तै, जीवन बीमा समूहमा ११७ अंकको गिरावट आउँदा व्यापार समूहमा ३२ अंकको गिरावट आएको छ। यसैगरी, विकास बैंक समूहमा २४ अंकको तथा जलविद्युत समूहमा २२ अंकको गिरावट आएको छ।
आज नेष्डो लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यी दुई वटै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij