Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

वामपन्थी र लोकतान्त्रिक शक्ति चुनावमा मिलेर जाने सहमति भएको छ : अध्यक्ष नेपाल

वामपन्थी र लोकतान्त्रिक शक्ति चुनावमा मिलेर जाने सहमति भएको छ : अध्यक्ष नेपाल


  • 3.6K
    Shares

    • images
    वामपन्थी र लोकतान्त्रिक शक्ति चुनावमा मिलेर जाने सहमति भएको छ : अध्यक्ष नेपाल
    images

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जानुपर्दछ भनी केही दिनअघि सहमति भएको बताउनुभएको छ ।

    समाजवादी प्रेस सङ्गठन नेपालले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले ‘उइन उइन’ को स्थितिमा चुनावी तालमेल गर्ने सहमति भएको र यो सहमतिले सकारात्मक सन्देश दिएको बताउनुभयो ।

    अध्यक्ष नेपालले भन्नुभयो, “यो सहमतिले जनता पनि उत्साहित भएका छन् ।” उहाँले चुनावमा जाने कुराका सन्दर्भमा हाम्रो पार्टी सबैसँग तयार भएर सबै ठाउँका कमिटीलाई निर्देशन पनि दिइसकेको बताउनुभयो ।

    “हामीले नाराहरु तयार गरेको छौँ, कामका योजना अगाडि सारेका छौँ र कामको जिम्मेवारी प्रदान गरेका छौँ”, अध्यक्ष नेपालले भन्नुभयो, “विभिन्न दलबाट मिलेर जानुपर्दछ भनी प्रस्ताव पनि आइरहेको छ ।”

    उहाँले पछिल्लो समय आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “समयको प्रवाह हाम्रो पक्षमा छ र यो देखेर सबै प्रतिगामी दिशामा लागेकाको प्रवृत्ति छताछुल्ल भएको छ ।”

    प्रकाशित मिति :चैत्र २० २०७८ आइतवार - १४:४६:४६ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij