२०८२ भाद्र ८ गते आइतवार
कुमारी बैंक लिमिटेड २० चैत (आज) स्थापनाको २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गर्दैछ ।
वार्षिक उत्सवको अवसरमा बैंकले आफ्ना ग्राहका लागि विभिन्न अभियान सञ्चालन गर्ने भएको छ । बैंकले कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष्य राखेको छ ।
यस्ता छन् अभियानहरुः
१. डेबिट र क्रेडिट कार्डको हकमा – बैंकको वार्षिक उत्सवका अवसरमा २० चैतमा कुमारी बैंक लिमिटेडको कार्ड मार्फत पीओएस अथवा अनलाइनबाट भुक्तानी गर्ने पहिलो कारोबारमा २१ प्रतिशत वा अधिकतममा रू. २ हजार १०० सम्म क्यास ब्याक प्रदान गरिनेछ । यो सुविधा एटीएमबाट पैसा झिक्दा लागू हुनेछैन ।
२. पहिलो पटक मोबाइल टप अप वा पहिलो क्यूआर भुक्तानी गर्दा– बैंकको वार्षिक उत्सवका अवसरमा कुमारी स्मार्ट मोबाइल बैंकिङ एप प्रयोग गरी पहिलो पटक मोबाइल टप अप गर्दा वा चैत्र २० गतेको दिन पहिलो क्यूआर भुक्तानी गर्दा अधिकतममा रू. २१० सम्मको क्यासब्याक प्राप्त हुनेछ ।
३. हेलिकप्टर मार्फत गोसाइँकुण्ड जाने –कुमारी बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा हेलिकप्टर (सिम्रिक एयर) मार्फत गोसाइँकुण्ड जाने कुमारी बैंकका ग्राहक समूहलाई हवाई यात्रामा अन्य दिनको कुल खर्च भन्दा रू। १२ हजार ५०० छुट प्रदान गरिनेछ । यो छुटको प्रावाधान वार्षिकोत्सवदेखि एक महिनासम्म प्राप्त गर्न सकिनेछ ।
४. लक्की(ड्र मार्फत एक ग्राहकलाई दुबई भ्रमण( बैंकको वार्षिकोत्सवका दिनदेखि सात दिनभित्र कुमारी स्मार्ट मार्फत क्यूआर पेमेन्ट, फन्ड ट्रान्सफर अथवा मोबाइल टप अप गर्दा लक्की(ड्र मार्फत एक ग्राहकलाई दुबई भ्रमण उपलब्ध हुनेछ । लक्की(ड्र मार्फत छानिएका विजेताले तीन महिनाभित्रमा यस योजनाको उपभोग गर्नुपर्नेछ साथै विजेताले आफूसँग थप एकजनालाई भ्रमण्मा लिएर जान सक्नेछन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij