Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कति कित्ता ?

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कति कित्ता ?


  • 4.1K
    Shares

    कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कति कित्ता ?

    कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १४ हजार १२ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

    बैंकका संस्थापक शेयरधनी दिपकलाल बटाजुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समिति बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

    यस अघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदैँ ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भित्र कुनै पनि आवेदन नपरेपछि उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

    उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही व्यक्ति तथा संघ संस्थाले सूचना प्रकाशित (चैत १८ गते) भएको मितिले १५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

    प्रकाशित मिति :चैत्र १८ २०७८ शुक्रवार - १५:४९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij