Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

मेलम्चीमा अब क्षति नहोस् भनेर मन्त्री चौधरीले गर्नुभयो क्षमा पूजा

मेलम्चीमा अब क्षति नहोस् भनेर मन्त्री चौधरीले गर्नुभयो क्षमा पूजा


  • 2.8K
    Shares

    • images
    मेलम्चीमा अब क्षति नहोस् भनेर मन्त्री चौधरीले गर्नुभयो क्षमा पूजा
    images

    खानेपानीमन्त्री उमाकान्त चौधरीले हेलम्बु गाउँपालिका–१ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा आज क्षमा पूजा गर्नुभएको छ । उहाँले अब यस क्षेत्रमा बाढीपहिराले दुःख नदियोस् भनेर क्षमा पूजा गर्नुभएको हो ।

    सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनामा गएको वर्षात्मा आएको बाढीले क्षति पुर्याएको थियो । मेलम्ची खोलामा आएको बाढीले सो आयोजनाको ड्याममा क्षति पुगेपछि हालसम्म यहाँबाट पानी वितरण गर्न सकिएको छैन ।

    मन्त्री चौधरी आज मेलम्ची खानेपानीको बाढीले क्षति पुर्याएको अम्बाथान अडिट बाँधस्थल ड्याम साइट पुगेर खानेपानी पुनः वितरणका लागि भइरहेका कामको अनुगमन पनि गर्नुभयो ।

    सरकारले चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौँ लैजाने लक्ष्य लिएको छ । मन्त्री चौधरी समयसमयमा यस आयोजनास्थलमा आई यही चैत मसान्तसम्म काठमाडौँ पानी पुर्याउने काममा भएका प्रगतिको अनुगमन गर्नुभएको छ ।

    उहाँले सो आयोजनाका नेतृत्व तथा कर्मचारीलाई यही चैत मसान्तसम्म काठमाडौँमा पानी पुर्याउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

    प्रकाशित मिति :चैत्र १७ २०७८ बिहिवार - १६:३५:२२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij