२०८२ माघ ११ गते आइतवार
काठमाडौं । अपि पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज (आइतवार) सम्म रहेको छ।
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि चैत १४ गते बुक क्लोज गरेकाले आइतवारसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले चैत २५ गते देखि १ः०.३९ अनुपातमा रू. १०० अंकित दरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ ।
उक्त हकप्रद शेयरमा आवेदकले वैशाख १५ गतेसम्म आवेदन दिन पाउनेछन् । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij