Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सांसद प्रमोद साहमाथि भएको आक्रमणबारे छानबिन गर्ने गृहमन्त्री खाँणको प्रतिबद्धता

सांसद प्रमोद साहमाथि भएको आक्रमणबारे छानबिन गर्ने गृहमन्त्री खाँणको प्रतिबद्धता


  • 3.0K
    Shares

    • images
    सांसद प्रमोद साहमाथि भएको आक्रमणबारे छानबिन गर्ने  गृहमन्त्री खाँणको प्रतिबद्धता
    images

    सर्लाही। गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताउनुभएको छ ।

    शनिबार आक्रमणमा घाइते भएका साहलाई मेडिसिटी अस्पतालमा भेट गरेपछि गृहमन्त्री खाँणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्नै प्रतिबद्धता जनाउनुभएको हो । गृहमन्त्री खाँणले सांसद साहको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ ।

    पार्टी कामको सिलसिलामा गृहजिल्ला सर्लाही पुग्नुभएका सांसद साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ । गृहमन्त्री खाँणले घटनाको यथार्थ पत्ता लगाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशनसमेत दिनुभएको छ । 

    प्रकाशित मिति :चैत्र १३ २०७८ आइतवार - १०:१३:१६ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij