Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

बैतडीमा ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार

बैतडीमा ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार


  • 4.3K
    Shares

    • images
    बैतडीमा ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार
    images

    स्वास्थ्य कार्यालय बैतडीले ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार गर्ने भएको छ । यसका लागि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । शिविर यही चैत १६ गते शिवनाथ गाउँपालिकाको सुल्लेखान, चैत १८ गते दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा र यही चैत २० मा सिगासको गाँजरी स्वास्थ्यचौकीमा सञ्चालन हुने जनाइएको छ । ती शिविरमा उनीहरुको स्वास्थ्योपचार र औषधि वितरण गरिने जनाइएको छ । शिविरमा अपाङ्गता भएका व्यक्तिको चिकित्सकद्वारा स्तर निर्धारण गरी सम्बन्धित स्थानीय तहमा सिफारिस गरिने उहाँले बताउनुभयो ।

    शिविरमा आएर निःशुल्क स्वास्थ्य जाँच गराउन आग्रह गरिएको छ । यसैबीच जिल्ला अस्पतालमा यही चैत १९ देखि २३ गतेसम्म निःशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञले सेवा दिनेछन् । शिविरमा खुट्टाका पैताला फर्केका, जन्मजात हातखुट्टा बाङ्गिएका, हातमा आगोले पोलेका र हातखुट्टामा अन्य विकृतिजन्य समस्या भएकाको उपचार गरिनेछ । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, स्वास्थ्य कार्यालय र जिल्ला अस्पातल बैतडीको संयुक्त आयोजना शिविर सञ्चालन हुने छ । शिविरमा आएर सेवा लिनसमेत जिल्ला अस्पतालले आग्रह गरेको छ । हाडजोर्नीको समस्या भएर अर्थाभावमा उपचारबाट बञ्चित भएका नागरिकले उक्त सेवा लिन अस्पतालले आग्रहसमेत गरेको छ । 

    प्रकाशित मिति :चैत्र १३ २०७८ आइतवार - ०९:५३:३३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij