Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

जाजरकोटका जनप्रतिनिधिले कर्णाली प्रदेश सरकारसँग कार्यविधि सच्याउन गरे यस्तो माग

जाजरकोटका जनप्रतिनिधिले कर्णाली प्रदेश सरकारसँग कार्यविधि सच्याउन गरे यस्तो माग


  • 3.2K
    Shares

    • images
    जाजरकोटका जनप्रतिनिधिले कर्णाली प्रदेश सरकारसँग कार्यविधि सच्याउन गरे यस्तो माग
    images

    एकीकृत बस्ती विकास कार्यक्रमका घर पाखा र डाँडामा निर्माण गर्नुपर्ने भएपछि जाजरकोटका जनप्रतिनिधिले कर्णाली प्रदेश सरकारसँग कार्यविधि सच्याउन माग गरेका छन् । पहाडको डाँडाहरुमा जग्गा जमिन भएकै ठाउँमा घर निर्माण गर्नुपर्ने भएपछि कार्यविधिमा भने अनुसारको एकै ठाउँमा सँगै घर निर्माण गर्न नसकिने स्थानीय तहका प्रमुखहरुको भनाइ छ ।

    बारेकोट–४ मा ६० घर र जुनिचाँदे–७ मा ४० घर निर्माण गर्नका लागि कर्णाली प्रदेश सरकारले बजेट स्थानीय तहलाई पठाएको थियो । स्थानीय तहले सो कार्यविधिअनुसार घर निर्माण गर्न नसकिने जनाउँदै प्रदेश सरकारसँग पटकपटक ध्यानाकर्षण गराउँदै आएका थिए । कार्यविधिमा सबै घर एकै ठाउँमा निर्माण गर्ने भनिएपछि स्थानीयवासीहरुले सो कार्यविधिअनुसार घर निर्माण गर्न नसकिने बताउँदै आएका छन् । खेतीपाती गरिरहेको ठाउँ नजिकै घर निर्माण गर्न पाउनुपर्ने सर्वसाधारणको भनाइ छ । पशुचौपायले निकालिएको मलहरु सजिलै खेतबारी लिन सकिने ठाउँमा नै घर बनाउन पाउनुपर्ने स्थानीयवासीको माग रहेको जुनिचाँदे गाउँपालिकाकी कावाध्यक्ष शिवा आचार्यले जानकारी दिनुभयो

    । सबै एकै ठाउँमा घर निर्माण गर्नका लागि जमिनसमेत नभएको हुँदा स्थानीयवासीले पायक पर्ने ठाउँमा घर निर्माण भएमा मात्र त्यो वस्तुनिष्ठ हुने बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले पैसा पनि दिने तर कार्यविधि समस्यामूलक पठाएर काम नगर भन्न खोजेको जस्तो भएको बताउनुभयो । दुई वर्षअघि बाढीपहिराले घर भत्काएर त्रिपालमुनि बसिरहेका सर्वसाधारणलाई छिटो घर निर्माण गर्नुपर्ने भए पनि कार्यविधिमाथिको झन्झटले गर्दा अझै घर निर्माणको काम हुन सकेको छैन ।

    बर्सेनि बजेट कर्णाली प्रदेश सरकारले पठाए पनि सबै घर एकै ठाउँमा बनाउनुपर्ने भन्ने कार्यविधिका कारण काम नसकेको हो । सबै घर एकै ठाउँमा बनाउनका लागि जमिन पनि नहुनु र सर्वसाधारणलाई आफ्नो जग्गा जमिन भएको ठाउँमा जान अनि आउनसमेत समस्या हुने भएकाले त्यो कार्य अगाडि बढ्न नसकेको हो ।

    मंगलबार मात्र जाजरकोटका जनप्रतिनिधिसहित कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहको सहभागितामा घर निर्माण गर्दा जनतालाई समस्या पर्न नदिने गरी काम गर्ने व्यवस्थापन हुने सहमति भएको छ ।

    त्यो सहमतिअनुसार एकै ठाउँमा सातवटासम्म घर निर्माण गर्न दिने सहमति भएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री सिंहले बताउनुभयो । आर्थिक वर्ष २०६६÷७७ मा दुई करोड ७० लाख, आर्थिक वर्ष ७७÷७८ मा एक करोड र चालु आर्थिक वर्ष २०७८÷७९ मा दुई करोड बजेट एकीकृत बस्ती विकास कार्यक्रमका लागि जुनिचाँदे गाउँपालिकामा बजेट गएको छ । त्यस्तै बारेकोट गाउँपालिकामा पाँच करोड बजेट पठाएको छ । पीडा र दुःखमा रहेका जनताले महसुस गर्ने गरी विकास गर्न खोजेको भए पनि काम गर्दा ढिलो हुनुलाई अन्यथा नमानी जनतासँग सहकार्य गरेर अगाडि बढ्न मन्त्री सिंहले उल्लेख गर्नुभयो ।

    जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकरी झलक केसीले तत्काल कार्यविधि सच्याएर जनताको काम गर्न आग्रह गनुभयो । पैसा पनि पठाएको छ तर हात खुट्टा बाँधेर गएको पैसाले जनतालाई काम गर्न मुस्किल भएको उहाँले बताउनुभयो । कार्यविधि सच्याउनका लागि आफू सकारात्मक रहेको मुख्यमन्त्री शाहीले कम्तीमा सातवटासम्म घर एकै ठाउँमा निर्माण गर्ने अवस्था सिर्जना हुने जानकारीदिनुभयो । 

    प्रकाशित मिति :चैत्र ९ २०७८ बुधवार - १२:४३:०९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij