२०८२ भाद्र ८ गते आइतवार
काठमाडौँ । वाणिज्य बैंकहरुमा फागुन महिनामा २२ अर्ब निक्षेप थपिएको छ । यस्तै उक्त महिनामा बैंकहरुले थप १७ अर्ब कर्जा विस्तार गरेका छन् ।
बैंकहरुमा निक्षेप थपिने क्रमले सुस्ताएपछि बैंकहरुले कर्जा कर्जा लगानीमा नियन्त्रण गर्न थालेका छन् । यसअघि बैंकहरुले निक्षेप संकलन भन्दा अधिक कर्जा लगानी गर्दै आएका थिए ।
विगतका महिनामा निक्षेप नथपिए पनि कर्जा लगानीलाई निरन्तरता दिँदै आएका बैंकहरुले फागुनमा कर्जा लगानीमा केही नियन्त्रण गरेका हुन । जसले गर्दा फागुनको अन्तिम सातामा ७ अर्ब निक्षेप थपिदा ३ अर्ब मात्र कर्जा लगानी गरेका छन ।
नेपाल राष्ट्र बैंकले आयातमा कडाई गरेयता बैंकहरुले विदेशी मुद्राको कर्जा नियन्त्रण गर्दा फागुन लागेयता विदेशी मुद्राको कर्जा निरन्तर घटिरहेको छ । फागुनको अन्तिम साता वाणिज्य बैंकहरुमा विदेशी मुद्राको निक्षेप एक अर्ब निक्षेप थपिएको छ भने कर्जा लगानी गरेका छैनन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij