Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

एभरेष्ट बैंकका थप दुई शाखा बिस्तार, कुन-कुन ठाँउमा ?

एभरेष्ट बैंकका थप दुई शाखा बिस्तार, कुन-कुन ठाँउमा ?


  • 4.4K
    Shares

    • images
    एभरेष्ट बैंकका थप दुई शाखा बिस्तार, कुन-कुन ठाँउमा ?
    images

    काठमाडौं । एभरेष्ट बैंकले थप दुई वटा शाखा बिस्तार गरेको छ । बैंकले भक्तपुरको थिमि र काठमाडौंको काँडाघारीमा नयाँ शाखाको शुभारम्भ गरेको हो ।

    थिमि शाखाको उद्घाटन बैंकका संचालक नवीनभक्त श्रेष्ठ र थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र काँडाघारी शाखाको उद्घाटन बैंकका संचालक नवीनभक्त श्रेष्ठ र कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले संयुक्त रुपमा गरेका हुन ।

    उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशवराज पौड्याल, बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोषकुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

    हाल बैंकले देशभरका ११२ शाखा र १४५ वटा एटिएम मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।

    प्रकाशित मिति :चैत्र ३ २०७८ बिहिवार - १२:२०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij