Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

महानगरपालिका र उपमहानगरपालिकामा सत्ता गठबन्धनको तालमेलको तयारी

महानगरपालिका र उपमहानगरपालिकामा सत्ता गठबन्धनको तालमेलको तयारी


  • 3.5K
    Shares

    महानगरपालिका र उपमहानगरपालिकामा सत्ता गठबन्धनको तालमेलको तयारी

    सत्ता गठबन्धनमा आबद्ध दलहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गरेर अघि बढ्ने गृहकार्य शुरू भएको छ ।

    चुनावमा गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रने कि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भन्ने सम्बन्धमा साझा धारणा बनाउन नसकेका सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा भने तालमेल गरेर प्रतिस्पर्धा गर्ने गृहकार्य अघि बढाएको हो ।

    स्थानीय तहको निर्वाचनमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले कम्युनिस्ट पार्टीहरू विभाजित भएकाले एक्लै चुनाव जित्न नसकिने दाबी गरिरहँदा सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्र र जनता समाजवादी भने तालमेल गरेर जानुपर्नेमा जोड दिइरहेका छन् ।

    गठबन्धनको शीर्ष तहमा महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेल गरेर जाने र नगरपालिका र गाउँपालिकामा भने त्यहाँको वस्तु अवस्था हेरेर निर्णय गर्न दिने विषयमा छलफल भइरहेको बताइएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

    प्रकाशित मिति :चैत्र २ २०७८ बुधवार - ०७:४६:२८ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij