Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

नेपाल दुरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सीका सम्पूर्ण साइटहरू बन्द गर्न दियो यस्तो निर्देशन

नेपाल दुरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सीका सम्पूर्ण साइटहरू बन्द गर्न दियो यस्तो निर्देशन


  • 3.7K
    Shares

    नेपाल दुरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सीका सम्पूर्ण साइटहरू बन्द गर्न दियो यस्तो निर्देशन

    नेपाल दुरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार गर्ने सबै वेबसाइटहरू बन्द गर्न निर्देशन दिएको छ । बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायत साइट तथा एपहरु बन्द गर्न निर्देशन दिएको हो ।

    अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप भर्चुअल माध्यमहरू नेपालभित्र प्रयोग सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध वा कालो सूचीमा राख्न अर्थमन्त्रालयको मन्त्रिस्तरको निर्णयानुसार भएको भन्दै त्यस्ता साइट बन्द गर्न निर्देशन दिएको हो ।

    नेपालमा पछिल्लो समय क्रिप्टोकरेन्सीमा लगानी बढेको भन्दै यसलाई कडाइ गर्न सरकारले विभिन्न उपायहरू अपनाउँदै आएको छ ।

    प्रकाशित मिति :चैत्र १ २०७८ मंगलवार - १३:५३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij