Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता

ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता


  • 4.0K
    Shares

    • images
    ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता
    images

    काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारीहरुका लागि सहकारी पहिचानसहितको कूप कार्ड जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

    एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाइँले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

    बढ्दै गएको सहकारीको भूमिका र कारोबारसमेतलाई मध्यनजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रक्रियाका साथ ग्लोबल आइएमई बैंकको प्रायोजनमा कूप कार्ड जारी गर्न लागिएको छ।

    ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत यसका सदस्य सहकारीहरुले कूप कार्ड जारी गर्नेछन्। यसका लागि एससीटीले चाइना युनियन पे (यूपीआई) सँग सहकार्य गर्दै आएको छ।

    सहकारीका सबै सदस्यलाई सेवा पुर्‍याउँदै यसलाई अझ बढी प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंकको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको कूप कार्ड जारी गरिने बताइएको छ।

    यसरी प्रदान गरिने कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्टाक्टलेस प्रविधिमा आधारित हुनेछ। नेपाल तथा भारतका एटीएम तथा पीओएसमार्फत सहजै चलाउन सकिने ग्लोबल आइएमई बैंकले जनाएको छ।

    यस सहकार्यपश्चात सम्पूर्ण सहकारीहरुले राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी कूप कार्ड जारी गर्न सक्नेछन्। यस सुविधाले सदस्यहरुको सहकारीप्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र वित्तीय सेवा २४ घण्टा उपलब्ध हुनेछ।

    यसले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणाली र विद्युतीय कारोबारमा पहुँच बढ्दै जाने तथा साधारण बैंकिङ कारोबारको लागि बैंकसम्म गइरहनु पर्ने बाध्यता हट्ने तथा सहकारीहरुको विकासमा थप योगदान पुग्ने आशा लिइएको छ।

    प्रकाशित मिति :फाल्गुण ३० २०७८ सोमवार - १५:४४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij