२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । नेप्सेले ब्रोकरको डाटा सेन्टरमा समस्या देखिएपछि सेयर कारोबार रोकेको छ । केहि घण्टा अघि देखि नै विभिन्न ब्रोकरहरुको टिएमएसमा समस्या देखिएको थियो ।
नेप्सेले एक सूचना जारी गर्दै ब्रोकरको डाटा सेन्टरमा प्राविधिक समस्या आएकोले सो समस्या समाधान नहुँदासम्म कारोबार केहि समय रोकिने जनाएको छ ।
यो समस्या पहिलो पटक मात्रै हैन । बेला बेलामा टिएमएस नचल्ने समस्या लगानीकर्ताहरुले भोगिरहेका छन् । नेप्सेमा देखिएको समस्या प्राविधिक समस्या भन्दा पनि नियोजित रुपमा बजारलाई प्रभावित पार्ने उद्देश्यले बिगारिएको आरोप लगानीकर्ताहरुको छ ।
नेप्सेमा सधै किन उच्च अंकको बृद्धि वा गिरावट आउँदा समस्या देखिन्छ एक लगानीकर्ताहले प्रश्न गरे यहाँ पक्कै पनि बाघ कराउनु र बाख्रा हराउनु एकै पटक भएको छ सम्बन्धीत निकायको ध्या जाओस् उनले भने
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij