Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन


  • 3.8K
    Shares

    समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

    समृद्धि फाइनान्स लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज (फागुन २९ गते) अन्तिम दिन रहेको छ। 

    कम्पनीले फागुन ८ गतेदेखि हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो।

    फाइनान्सले एक सय रुपैयाँ अंकित दरका २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद जारी गरेको थियो।

    हकप्रद निष्काशनका लागि फाइनान्सले पुस ११ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस फाइनान्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

    फाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। हकप्रदमा बिओके क्यापिटल तथा समृद्धि फाइनान्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन्।

    क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सलाई इक्राएनपी आईआर सिंगल सी रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ।

    हाल ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्कासनपछि ८१ करोड ८९ लाख ११ हजार ४०० रुपैयाँ पुग्नेछ।

     

    प्रकाशित मिति :फाल्गुण २९ २०७८ आइतवार - ११:१८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij