२०८२ भाद्र ८ गते आइतवार
काठमाडौँ । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्ला वीरगञ्जमा नयाँ शाखा आदर्शनगरको औपचारिक समुद्घाटन गरेको छ।
वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा वीरेन्द्रप्रसाद महतोले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्।
कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति थियो ।
बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँनयाँ स्थानमा आफ्नो सेवा विस्तार गर्दै आएको छ। नयाँ शाखाहरुमार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुको साथमा २४सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ।
बैंकले सातै प्रदेशमा आफ्ना १६४वटा शाखा र १५७ शाखारहित बैकिङ सेवासमेत गरी ३२१ स्थानबाट ग्राहकहरुमा सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ। साथै बंैकको देशभर २०० वटा एटीएम सञ्चालनमा छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij