Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

एन आई सी एशिया बैंकका ग्राहकहरूलाई सोल्टी होटलमा १० प्रतिशतसम्मको छुट व्यवस्था

एन आई सी एशिया बैंकका ग्राहकहरूलाई सोल्टी होटलमा १० प्रतिशतसम्मको छुट व्यवस्था


  • 4.0K
    Shares

    • images
    एन आई सी एशिया बैंकका ग्राहकहरूलाई सोल्टी होटलमा १० प्रतिशतसम्मको छुट व्यवस्था
    images

    काठमाडौँ । एन आई सी एशिया बैंकका ग्राहकहरूलाई पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगन्जस्थित soaflee westend premier मा डेबिट कार्ड वा QR बाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट उपलब्ध हुने गरी यस बैंक र सोल्टी इन्टरप्राइजेज बीच समझदारी भएको छ । 

    यस सम्बन्धी समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेश बहादुर बिष्टले हस्ताक्षर गरे । पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकहरूको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त उपरोक्त दुई होटलबाट विभिन्न सेवा लिई POS तथा QR भुक्तानी गर्दा १० प्रतिशतको आकर्षक छुटको व्यवस्था गरेको हो । बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा खरिदको रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।

    यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ९४ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । 

    उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

    प्रकाशित मिति :फाल्गुण २८ २०७८ शनिवार - ११:४२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij