Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

मुलुकको आर्थिक तथा वित्तीय स्थिति लगातार खस्किँदै, यस्तो छ राष्ट्र बैंकको पछिल्लो तथ्यांक

मुलुकको आर्थिक तथा वित्तीय स्थिति लगातार खस्किँदै, यस्तो छ राष्ट्र बैंकको पछिल्लो तथ्यांक


  • 3.7K
    Shares

    • images
    मुलुकको आर्थिक तथा वित्तीय स्थिति लगातार खस्किँदै, यस्तो छ राष्ट्र बैंकको पछिल्लो तथ्यांक
    images

    काठमाडौं । मुलुकको आर्थिक तथा वित्तीय स्थिति लगातार खस्किँदै सबै सूचकहरु नकारात्मक विन्दूमा झरेको छ ।

    नेपाल राष्ट्र बैंकले वर्तमान सरकार गठनपछिको पछिल्लो सात महिनाको तथ्यांकमा आधारित विवरण सार्वजनिक गर्दै अर्थतन्त्र निराशाजनक रहेको देखाएको छ ।

    राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको ठिक यतिबेला वैदेशिक रोजगारीमा जानेको संख्या ८५ प्रतिशतले घट्दा रेमिट्यान्स भने बढेको थियो । तर यस वर्ष अघिल्लो वर्षको तुलनामा करिब ५ प्रतिशतले घटेको छ ।

    सुरुको सात महिनामा ५ खर्ब ४० अर्ब १२ करोड रेमिट्यान्स भित्रिएको छ । गत वर्ष यहि अवधिमा अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स १०.९ प्रतिशतले बढेको थियो । शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोड घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुको सात महिनामा गत वर्षको तुलनामा निर्यात ८८.३ प्रतिशतले बढेको जनाएको छ । गत वर्ष, यस अवधिमा अघिल्लो वर्षको तुलनामा निर्यात वृद्धिदर ७.६ प्रतिशत मात्र रहेको थियो ।

    शुक्रबार तथ्यांक सार्वजनिक गर्दै राष्ट्र बैंकले आयात पनि ४२.८ प्रतिशले बढेको उल्लेख गरेको छ।

    पछिल्लो सात महिनामा एक खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँको निर्यात भएको राष्ट्र बैंकले जनाएको छ । भारततर्फ एक सय १३ प्रतिशत र अन्य मुलुकतर्फ २७.७ प्रतिशतले निर्यात बढेको हो । चीनतर्फ भने १२.४ प्रतिशतले घटेको छ ।

    राष्ट्र बैंकका अनुसार वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, धागो, जुसलगायत वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, जडिबुटी, तार, तामाको तारलगायत वस्तुको निर्यात घटेको छ ।

    रेमिट्यान्स भने ४.९ प्रतिशतले घटेको छ। बैंक तथा वित्तिय संस्थाको निक्षेप संकलन ३.६ प्रतिशतले बढेको र निजी क्षेत्रमा कर्जा प्रवाह १२.३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

    प्रकाशित मिति :फाल्गुण २७ २०७८ शुक्रवार - १४:५२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij