२०८२ भाद्र २ गते सोमवार
अमेरिका । अमेरिकामा पछिल्लो २४ घण्टामा २ लाख २२ हजार १२१ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।
पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ३३ लाख ६८ हजार २२५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ३८ लाख १६ हजार २८ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ९१ लाख ६२ हजार ५९८ जनामध्ये २९ हजार २२२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४ हजार २५९ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै सोमबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ८९ हजार ५९९ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij