Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

तरलताको अभाव टार्न १० अर्बकाे रिपाे जारी गर्दै राष्ट्र बैंक

तरलताको अभाव टार्न १० अर्बकाे रिपाे जारी गर्दै राष्ट्र बैंक


  • 4.3K
    Shares

    तरलताको अभाव टार्न १० अर्बकाे रिपाे जारी गर्दै राष्ट्र बैंक

    तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (बिहीबार) १० अर्बको रिपो जारी गर्ने भएको छ ।

    बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । 

    वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले चैत १० गते परिपक्व हुने यो रिपो आज दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् । 

    तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन् ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७८ बिहिवार - ११:१२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij