Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

एनसीसी बैंकका ग्राहकलाई नारायणी सामुदयिक अस्पतालमा सेवाहरु विशेष छुट

एनसीसी बैंकका ग्राहकलाई नारायणी सामुदयिक अस्पतालमा सेवाहरु विशेष छुट


  • 4.7K
    Shares

    एनसीसी बैंकका ग्राहकलाई नारायणी सामुदयिक अस्पतालमा सेवाहरु विशेष छुट
    images

    काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदायिक अस्पतालबीच सम्झौता भएको छ।

    सम्झौताअनुसार बैंकका भिसा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदायिक अस्पतालमा सहुलियत दिइनेछ।

    बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा ओपीडी र अन्य सेवाहरु (औषधि,  सीटी स्क्यान र प्रत्यारोपण बिक्री बाहेक) मा १० प्रतिशत छुट प्राप्त हुने बैंकले जनाएको छ। 

    देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्सटेन्सन काउन्टर र ११४ एटीएम मार्फत ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ। 

     

    प्रकाशित मिति :फाल्गुण २२ २०७८ आइतवार - १६:३५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij