Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

अर्थमन्त्री फेर्ने प्रधानमन्त्री देउवाको तयारी !

अर्थमन्त्री फेर्ने प्रधानमन्त्री देउवाको तयारी !


  • 3.5K
    Shares

    अर्थमन्त्री फेर्ने प्रधानमन्त्री देउवाको तयारी !

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको कार्यशैलीप्रति प्रधानमन्त्री शेरबहादुर देउवा असन्तुष्ट बनेका छन् । अर्थतन्त्र सुधारका काम गर्न नसकेको र संकटकालीन अर्थतन्त्र माथि उठाउन कुनै चिन्ता नलिएको भन्दै प्रधानमन्त्री देउवाले आफू निकटहरूसँग असन्तुष्टि जाहेर गर्न थालेका हुन् ।

    प्रधानमन्त्री निकटस्थहरूले देउवालाई अर्थमन्त्री परिवर्तन गरेर अर्थतन्त्रको ज्ञान भएकै व्यक्तिलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन सुझाव दिइरहेका छन् । देउवाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग परामर्श गरेर निर्णय लिने तयारी गरेको देउवा निकट स्रोत बताउँछ ।

    “उहाँ (जनार्दन शर्मा)मा अर्थतन्त्रको पर्याप्त ज्ञान नभएको र जानेका व्यक्तिसँग परामर्श गरेर अघि बढ्ने स्वभाव पनि नभएका कारण अर्थमन्त्री परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको छ । प्रधानमन्त्रीले चाँडै माओवादी केन्द्रलाई परराष्ट्र मन्त्रालय दिएर भएपनि अर्थ मन्त्रालयमा अर्कै व्यक्तिलाई पठाउन सक्नुहुन्छ,” स्रोतले भन्यो, “प्रचण्डजीले मान्नुभएन भने पनि उहाँकै पार्टीबाट अर्थतन्त्र बुझेको व्यक्ति पठाउन प्रधानमन्त्रीले भन्नुहुने छ ।” 

    अर्थमन्त्री शर्माले अर्थमन्त्रालयकै विज्ञ कर्मचारीसँगसमेत परामर्श नगरी निर्णय लिने गरेको, मातहतका निकायका पदाधिकारीसँग एक्लै छलफलमा बस्ने गरेको तथा जुनियर कर्मचारीको सरुवामासमेत चासो राख्ने गरेको भन्दै अर्थ मन्त्रालयका अधिकारीहरूसमेत असन्तुष्ट छन् ।

    अर्थमन्त्री शर्माले सेयर बजारका विषयमा दिएका अभिव्यक्तिको पनि चर्को आलोचना भएको थियो । यसअघि ऊर्जा मन्त्रालयमा सफल छवि बनाएका शर्मा अर्थ मन्त्रालयमा आएपछि छवि सुधार हुन सकेको छैन । बाह्रखरी

    प्रकाशित मिति :फाल्गुण २० २०७८ शुक्रवार - २०:५२:१२ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij