२०८२ माघ ७ गते बुधवार
काठमाडौं । प्रभु बैंकले अत्याधुनिक प्रविधिको उच्चतम् उपयोग गर्दै ग्राहकहरुको लागि मोबाइलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ।
फोन लोनका लागि अनुरोध प्राप्त हुनासाथ सम्बन्धित ग्राहकको कारोबारको विवरण समेतलाई आधार बनाई सम्बन्धित ग्राहकले फोन लोन सुविधा अन्तर्गत लिन पाउने कर्जा सीमा निर्धारण हुनेछ। यो कर्जाको भुक्तानी अवधि बढीमा ३६ महिनासम्मको हुनेछ ।
यसबाट तत्काल साथमा नगद नभएका कारण आर्थिक अभावबाट गुज्रिनु पर्ने अवस्थाको अन्त्य हुनेछ। साथै, सानोतिनो कर्जा कारोबारको लागि बैंकमा उपस्थित हुनु पर्ने झण्झटको अन्त्य हुनेछ। बैंकले सञ्चालनमा ल्याएको फोन लोन सुविधा उपभोग गरी अधिकतम लाभ लिन सक्ने छन् भन्ने बैंकले विश्वास लिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij