Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बैतडीमा २५ हजार मतदाता थपिए

बैतडीमा २५ हजार मतदाता थपिए


  • 4.3K
    Shares

    • images
    बैतडीमा २५ हजार मतदाता थपिए
    images

    बैतडी । बैतडी जिल्लामा करीब २५ हजार मतदाता थपिएका  छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २४ हजार ६४९ मतदाता थपिएका हुन् । 

    विसं २०७४ को स्थानीय तहको निर्वाचनका बेला एक लाख २५ हजार ३१९ मतदाता रहेकामा हाल त्यो संख्या बढेर एक लाख ४९ हजार ९६८ पुगेको हो ।  

    सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा सबैभन्दा बढी २२ हजार १६८ मतदाता रहेका कार्यालय प्रमुख माधव फुयाँलले जानकारी दिए । यस्तै पुर्चौडी नगरपालिकामा २१ हजार ७८, पाटन नगरपालिकामा १९ हजार ९९९ र मेलौली नगरपालिकामा १३ हजार ६९३ मतदाता छन् । 

    जिल्लाको दोगडाकेदार गाउँपालिकामा १४ हजार ९४७, डिलाशैनी गाउँपालिकामा १३ हजार ३३०, सिगास गाउँपालिकामा १२ हजार १८७, सुर्नया गाउँपालिकामा ११ हजार ४३४, पञ्चेश्वर गाउँपालिकामा ११ हजार २२२ र शिवनाथ गाउँपालिकामा नौ हजार ९१० मतदाता रहेका जानकारी दिइएको छ । 

    ती मतदाताले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउनेछन् । 

    गत माघ २४ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै फोटोसहितको मतदाता नामावली संकलनको काम पनि स्थगित भएको छ । जिल्लामा एक लाख ५३ हजार ३८० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराए पनि तीन हजार ४१२ जना १८ वर्ष मुनिका रहेका छन् । 

    १६ वर्ष पूरा भएका र नागरिकता प्राप्त गरेकाले फोटोसहितको नामावली मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन पाउछन् तर मतदान गर्न भने मतदाता नामावलीमा नाम दर्ता गराएको र १८ वर्ष पूरा भएको हुनु पर्दछ । 

    स्थानीय तह निर्वाचनका लागि जिल्लाभरि १२९ मतदानस्थल तोकिएका छन् 

    प्रकाशित मिति :फाल्गुण १९ २०७८ बिहिवार - १४:३१:२१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij