Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?


  • 4.9K
    Shares

    कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको केही शेयरहरु बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

    कम्पनीले संस्थापक शेयरधनी ग्लोबल ट्रेडिङ्ग कन्सर्न प्रा.लि.को ३ लाख ४६ हजार ११९ कित्ता र एशियन डिस्ट्रिब्यटर्स प्रा.लि.को ७८ हजार ८६३ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

    उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल काठमाडौं–२, टंगालमा आवेदन दिन सक्नेछन् ।

    साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ

    प्रकाशित मिति :फाल्गुण १७ २०७८ मंगलवार - १४:२२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij