Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

५० लाखभन्दा बढी पुगे डिम्याट खाता खोल्नेको संख्या, के हो डिम्याट खाता ?

५० लाखभन्दा बढी पुगे डिम्याट खाता खोल्नेको संख्या, के हो डिम्याट खाता ?


  • 4.2K
    Shares

    ५० लाखभन्दा बढी पुगे डिम्याट खाता खोल्नेको संख्या, के हो डिम्याट खाता ?

    काठमाडौं । पछिल्लो समयमा हितग्राही खाता(डिम्याट) खोल्नेको संख्या बढेको छ । 

    सिडिएस क्लियरिङका अनुसार सोमवारसम्ममा ५० लाख ७ हजार २४२ डिम्याट खाता पुगेकोे छ ।  पछिल्लो समयमा धितोपत्र बजारमा नयाँ नयाँ कम्पनीहरुको आईपीओ आइराखेकाले पनि डिम्याट खाताको संख्या बढेको हो । गत आवको असार मसान्तसम्ममा करीब ३७ लाख डिम्याट खातामा रहेकोमा फागुन १६ गते सम्ममा ५० लाख नाघेको हो । 

    केहिवर्ष यतादेखि प्रत्येक आवेदकलाई सार्वजानिक निष्कासनमा अनिवार्य १० कित्ता शेयरको व्यवस्था भएपछि पनि डिम्याट खाता खोल्ने क्रम बढेको हो । प्राथमिक र दोस्रो बजार पनि पूर्ण रुपमा अनलाईन प्रणालीमा गइसकेकोले पनि आगामी दिनमा अझै डिम्याट खाता बढ्ने देखिन्छ । 

    डिम्याट खातासँगै मेरो शेयर खाताको संख्या पनि बढेको छ । सिडिएसका अनुसार मेरो शेयरको संख्या ४१ लाख १९ हजार २१ पुगेको छ । असार मसान्तसम्ममा मेरो शेयरको संख्या २८ लाख ५५ हजार थियो । पछिल्लो समय कोरोना महामारीले गर्दा अरु क्षेत्र प्रभावित भइरहँदा अन्य क्षेत्रका सर्वसाधारण पनि घरेलु शेयर बजारमा प्रवेश गरेका हुन्  ।

    अहिले सहरी क्षेत्रमात्र नभई ग्रामीण भेगबाट समेत डिम्याट खाता खोली आईपीओ भर्नेहरुको संख्या ह्वात्तै बढिरहेको छ ।

    त्यसो त प्राथमिक बजारबाट थोरै लगानी गरेर छोटो समयमा नै  प्रतिफल प्राप्त हुने भएकाले पनि शेयर बजारमा प्रवेश गर्नेको संख्या बढेको हो । पछिल्लो समय नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले  निष्कासन गरेको आईपीओमा २६ लाख आवेदकले आवेदन दिएका छन् ।

    यसरी हेर्दा आईपीओ निष्कासनमा आवेदन दिनेको संख्यामा बढ्नु नै धितोपत्र कारोबारमा सर्वसाधारणको सहभागिता बढ्नु हो । पछिल्लो समय आईपीओ निष्कासन गरेका कम्पनीहरुको शेयर सुचिकरण पनि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा छिटो हुने गर्दछ ।

    यसले गर्दा छोटो समयमा थारै लगानीबाट राम्रो प्रतिफल प्राप्त भएपछि शेयर बजारमा प्रवेश गर्नेको संख्या बढ्दै गएको देखिएको छ ।  

    के हो डिम्याट खाता ?

    अंग्रेजी शव्द ‘डिम्याट्रिलाइज्ड’को छोटकरी शव्द नै डिम्याट हो। नेपालीमा यसको अर्थ अभौतिक खाता हुन्छ।विभिन्न कम्पनीको सेयर खरिदबिक्री हुँदा पहिले भौतिक अर्थात कागजी प्रमाणपत्रकै रुपमा हस्तान्तरण हुने गर्दथ्यो। अर्थात सेयर बेच्नेले प्रमाणपत्र नै दिने, खरिद गर्नेले फेरि आफ्नो नाममा प्रमाणपत्र नै पाउँथे।

    २०७२ माघ २ गतेबाट डिम्याट खाता पूर्ण रुपमा सञ्चालनमा आएको हो। हाल सेयर अभौतिक रुपमा अर्थात यहीं डिम्याट खातामा सिधै हस्तान्तरण हुन्छ। जसरी हामीले बैंक खातामा पैसा जम्मा गर्छौं, त्यसैगरी डिम्याट खातामा किनेको सेयर आफैं जम्मा हुन्छ।

    आइपिओ भरेपछि परेमा खातामै जम्मा हुन्छ। त्यस्तै दोस्रो बजारमा सेयर बिक्री गर्दा खाताबाट सेयर संख्या घटेर खरिद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ। यही सेयर जम्मा हुने खाता नै डिम्याट खाता हो।

    प्रकाशित मिति :फाल्गुण १७ २०७८ मंगलवार - १३:५७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij