Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा लगानी दुवै बढ्यो, औसत सीडी रेसियो कति ?

बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा लगानी दुवै बढ्यो, औसत सीडी रेसियो कति ?


  • 4.5K
    Shares

    बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा लगानी दुवै बढ्यो, औसत सीडी रेसियो कति ?
    images

    बैंक तथा वित्तीय संस्थाको निक्षेप ४ अर्ब रुपैयाँ बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फागुन १५ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ४८ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन १३ गतेसम्म कुल ४८ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप थियो।

    यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि ५ अर्ब रुपैयाँले बढेर ४३ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो।

    यही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले थप ३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन्। गत फागुन १३ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ८७ अर्ब रुपैयाँ रहेकोमा फागुन १५ गते बढेर ४६ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ। 

    वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँ बढेर फागुन १५ गतेसम्म ४१ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन १३ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ६१ अर्ब रुपैयाँ रहेको थियो।

    फागुन १५ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो घटेर ९०.२९ प्रतिशतमा झरेको छ। गत फागुन १३ गतेसम्म औसत सीडी रेसियो ९०.३२ प्रतिशत थियो।

    प्रकाशित मिति :फाल्गुण १७ २०७८ मंगलवार - ११:२२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij