Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

एनएमबिका ग्राहकहरुलाई जावलाखेलको सोवा हेल्थकेयर सेन्टरमा विशेष सहुलियत

एनएमबिका ग्राहकहरुलाई जावलाखेलको सोवा हेल्थकेयर सेन्टरमा विशेष सहुलियत


  • 3.9K
    Shares

    एनएमबिका ग्राहकहरुलाई जावलाखेलको सोवा हेल्थकेयर सेन्टरमा विशेष सहुलियत

    एनएमबि बैंकले जावलाखेल स्थीत सोवा हेल्थकेयर सेन्टर उपचारको लागी आउनु भएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले द्विपक्षीय समझदारी गरेको छ । सोवा हेल्थकेयर सेन्टर ग्राहकमुखी स्वास्थ्य सेवामा अग्रणी पोलीक्लिनिक हो ।

    उक्त समझदारी अनुशार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा एनएमबि बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराईएको छ । उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा विषेश छुट उपलब्ध गराउने छ ।

    समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख–श्री रोशन रेग्मी र हेल्थकेयर सेन्टरका तर्फबाट निर्देशक श्री रीचा श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

     बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धिथप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । 
    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।   

    प्रकाशित मिति :फाल्गुण १६ २०७८ सोमवार - १४:५९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij