२०८२ भाद्र ८ गते आइतवार
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ वर्ष पूरा गरेको छ । यस गौरवमय यात्रामा देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित र राजस्व संकलन काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटीएम मार्फत गुणस्तरीय सेवा प्रदान गर्न बैंक सफल भएको छ ।
पाँच पटकसम्म बैंक अफ द इयर तथा युरो मनीबाट सम्मानित भई ३६ वर्षको दौरानमा १२ लाखभन्दा बढी ग्राहकवर्गमा उत्कृष्ट सेवा पस्कँदै आफ्नो दरिलो पहिचान बनाउन बैंक सक्षम रहेको छ ।
वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान, वृद्धाश्रमरबालगृहमा खाना खुवाउने, धार्मिक क्षेत्रमा फोहोर मैला संकलन तथा व्यवस्थापनका लागि आवश्यक सामाग्री उपलब्ध गराउने, विभिन्न खेलकुद कार्यक्रमको आयोजना गर्ने जस्ता कार्यक्रम गरेको छ । यस्तै, वित्तीय साक्षरताका लागि चौथो कमिक बुक ‘बचत गर्ने काइदा डिजिटल बैंकिङको फाइदा’को विमोचन कार्यक्रमहरु बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालयले सञ्चालन गरेका छन् ।
यसका साथै ग्राहकसँगको अटुट सम्बन्ध कायमै रहने अपेक्षासहित बैंकले ‘निक्षेप रकम २० वर्षमा ६ गुणा हुने गज्जब ६ मुद्दती खाता’ समेत सञ्चालनमा ल्याएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij