२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं। अभिनेता पल शाहलाई फरार बनाउन सहयोग गरेको विषयमा नियन्त्रणमा लिइएका निर्देशक सुदर्शन थापा नियन्त्रणमुक्त भएका छन्। पलसँग सम्पर्कमा देखिएपछि सोधपुछ गरी प्रहरीले नियन्त्रणमा लिएको थियो। सोधुपछ सकिएपछि उनलाई नियन्त्रणमुक्त गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
नाबालिय किशोरीमाथि बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी परेको चार दिन भइसकेको छ। सोही दिन उनलाई पक्राउ गर्ने जिल्ला अदालत तनहुँले पक्राउ पुर्जी जारी गरेको थियो। तर पल भने हालसम्म पनि फरार छन्। फरार भएको बेला पलले पटकपटक निर्देशक थापासँग सम्पर्क गरेको देखिएकाले सोधपुछ गरी छाडिएको प्रहरीको भनाइ छ।
पलले अभिनय गरेको पछिल्लो फिल्म 'म यस्तो गीत गाउँछु-२' का निर्देशक थापा हुन्। तनहुँमा जाहेरी दर्ता भएकै दिन फिल्मको प्रिमियर पनि थियो। तर प्रिमियरमा पल पुगेका थिएनन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij