Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

पत्रकार मञ्चको छैठौं महाधिवेशन सम्पन्न, विद्रोहीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

पत्रकार मञ्चको छैठौं महाधिवेशन सम्पन्न, विद्रोहीको अध्यक्षतामा नयाँ नेतृत्व चयन


  • 5.9K
    Shares

    पत्रकार मञ्चको छैठौं महाधिवेशन सम्पन्न, विद्रोहीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
    images

    काठमाडौँ । नेपाल पत्रकार मञ्चको छैठौं महाधिवेशनबाट युवराज विद्रोहीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

    पुष २५ गते भर्चुअल माध्यमबाट सम्पन्न उद्घाटन, प्रतिवेदन प्रस्तुति र चुनावी सत्र भएको थियो । आज सीमित व्यक्तिहरुको भौतिक उपस्थितिमा निर्वाचन कार्यक्रम भएको थियो ।

    महाधिवेशनबाट उपाध्यक्षमा चन्द्रमणि भट्टराई, महासचिव विमल थापा, सचिवहरु प्रितमसागर कर्माचार्य, लक्ष्मण पन्थी, मनुका कुँवर (महिला) तथा कोषाध्यक्ष कमला नेपाल चयन भएका छन् ।

    यसैगरी सदस्यहरुमा प्रज्ज्वल थापा, राजु भण्डारी, जितेन्द्र श्रेष्ठ, उदयनारायण भट्टराई, पासाङ शेर्पा, श्यामबाबु आचार्य, पवन फुयाँल, रमेशप्रसाद घिमिरे, सरस्वती गौतम र निकिसा बस्नेत चयन भएका छन् ।

    महाधिवेशनको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधिका रुपमा महासचिव रमेश बिष्ट सहभागी थिए । 

    प्रकाशित मिति :पौष २७ २०७७ सोमवार - १४:१९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij