Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

धनगढी विमानस्थललाई दिल्ली देखि खप्तड हुँदै मानसरोवर सम्मको फास्ट ट्र्याक बनाउन विश्व बैंकसँग ६५ अर्ब माग: मन्त्री आले

धनगढी विमानस्थललाई दिल्ली देखि खप्तड हुँदै मानसरोवर सम्मको फास्ट ट्र्याक बनाउन विश्व बैंकसँग ६५ अर्ब माग: मन्त्री आले


  • 3.6K
    Shares

    धनगढी विमानस्थललाई दिल्ली देखि खप्तड हुँदै मानसरोवर सम्मको फास्ट ट्र्याक बनाउन विश्व बैंकसँग ६५ अर्ब माग: मन्त्री आले
    images

    काठमाडौं । धनगढी विमानस्थललाई दिल्ली देखि खप्तड हुँदै मानसरोवर सम्मको फास्ट ट्र्याक विकास गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् ।
     
    धनगढी विमानस्थल र भारतको नयाँ दिल्ली हुँदै, नेपालको कैलालीबाट खप्तड हुँदै मानसरोवरसम्मको फास्ट ट्र्याक निर्माणका लागि विश्व बैंकसँग समन्वय भइरहेको र त्यसका लागि ६५ अर्ब रुपैयाँ बजेट माग गरिएको उनले जानकारी दिए । 

    मन्त्री आलेले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नतिका लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उल्लेख गर्दै प्रत्येक जिल्लामा कम्तीमा एउटा हवाई मैदानको निर्माणका लागि आफूले पहल गरेको बताए ।

    टिकापुर विमानस्थल छिट्टैे सञ्चालन

    कैलालीको टीकापुरस्थित विमानस्थलको शुक्रवार स्थलगत अनुगमन गर्दै मन्त्री आलेले चालू आर्थिक वर्षमा विमानस्थलका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको र छिट्टै सञ्चालन गर्न लागिएको पनि बताएका छन् ।

    ‘विमानस्थलको अध्ययन समितिले सर्वे गरेको छ । अध्ययन समितिको प्रतिवेदनका आधारमा पुरानै विमानस्थल सञ्चालनमा ल्याउने वा अन्य क्षेत्रमा नयाँ विमानस्थलका लागि संरचना तयार गर्ने भन्ने कुरा प्रतिवेदन आइसकेपछि थाहा हुन्छ ।’ उनले भने, ‘चालु आर्थिक वर्षमै विमानस्थल निर्माणको काम शुरु हुन्छ । त्यसलाई बहुवर्षीय आयोजनाका रुपमा राखेर काम गर्न सकिन्छ ।’ 

    उनले पर्यटन क्षेत्रसँग जोडिएकाले पनि टीकापुरमा विमानस्थल अपरिहार्य रहेको र यसलाई सञ्चालन गरेरै छाड्ने दावी गरेका छन् ।

    ‘पर्यटकीय दृष्टिकोणले पनि टीकापुर लोकप्रिय छ । यहाँ धेरै सम्भावना छन् । ती सम्भावनासँग हवाई माध्यमको पहुँचका लागि हामी प्रतिबद्ध छौँ ।’ मन्त्री आलेले भने, ‘विमानस्थल सञ्चालनमा आउनसके पर्यटन क्षेत्र आफै चलायमान हुन्छ ।’ 

    प्रकाशित मिति :फाल्गुण १३ २०७८ शुक्रवार - १६:५५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij