Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

रिद्धि सिद्धि सिमेन्टका सञ्चालक राजेश खरेलको निधन

रिद्धि सिद्धि सिमेन्टका सञ्चालक राजेश खरेलको निधन


  • 4.3K
    Shares

    रिद्धि सिद्धि सिमेन्टका सञ्चालक राजेश  खरेलको निधन
    images

    काठमाडौँ । रिद्धि सिद्धि सिमेन्ट प्रालिका सञ्चालक राजेश खरेलको निधन भएको छ। यही फागुन ५ गते ४५ वर्षको उमेरमा असामयिक निधन भएको हो। 


    स्व। खरेलले नेपाली बजारमा सिमेन्ट उद्योग क्षेत्र अन्तर्गत अतुलनीय उत्कृष्ट गुणस्तरका उत्पादन तथा सेवा उपलब्ध गराउँदै देश तथा जनताका लागि उल्लेखनिय योगदान पु¥याउँदै आइरहेका थिए। 

    एक दीर्घकालीन सोच बोकेका सफल यूवा उद्यमी तथा रिद्धि सिद्धि सिमेन्टका सञ्चालक खरेलको असामयिक स्वर्गारोहणले समग्र नेपाली सिमेन्ट उद्योगलाई नै अतुलनीय क्षति पुगेको कम्पनीले जनाएको छ। 

    वि।सं। २०७३ सालमा हेटौंडाको रातोमाटेमा स्थापित रिद्धि सिद्धि सिमेन्ट, शंकर ग्रुप र अम्बे गु्रपको भेन्चर हो। स्थापना कालको ५ वर्षभित्रै अतुलनीय गुणस्तरका उत्पादन तथा नवप्रबर्तनात्मक सेवा उपलब्ध गराउने कम्पनीका रुपमा रिद्धि सिद्धि स्थापित भइसकेको छ। 

    यसरी स्थापनाको छोटो अवधिमै नेपाली उपभोक्ता माझ सफल र विश्वसनीय कम्पनीका रुपमा रिद्धि सिद्धिलाई स्थापित गराउनमा स्व। खरेलको अथक मिहेनत, अतुलनीय निस्वार्थ समर्पण र कार्यप्रतिको निष्ठाले उल्लेखनीय भूमिका खेलेको कम्पनीले जनाएको छ। यस्ता कर्मठ, निःस्वार्थ सञ्चालकलाई अल्पायुमै गुमाउनु पर्दा रिद्धि सिद्धि सिमेन्ट प्रालि परिवार निकै मर्माहत भएको कम्पनीले जनाएको छ ।

    सिमेन्ट उत्पादन प्लान्टका लागि अत्याधुनिक प्रविधिका साथ उत्पादनको गुणस्तरार्थ मानक स्थापना गर्नु र पारदर्शिता दिँदै नेपाली समाजका लागि बलियो आधार निर्माण गर्ने कम्पनीको भिजन रहेको छ। यही भिजनलाई आत्मसात गर्दै दृढताका साथ अघि बढिरहेका उनको अभाव कम्पनीका लागि मात्र नभइ समग्र सिमेन्ट उद्योगले नै महशुस गरिरहने कम्पनीको भनाइ छ। 
     

     

    प्रकाशित मिति :फाल्गुण १३ २०७८ शुक्रवार - १४:४९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij