Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

पृथ्वी जयन्तीमा हिडेकी मनिषा कोइरालालाई प्रहरीले रोक्यो, लाठी चार्ज हुँदा महिलाको टाउकोमा चोट

पृथ्वी जयन्तीमा हिडेकी मनिषा कोइरालालाई प्रहरीले रोक्यो, लाठी चार्ज हुँदा महिलाको टाउकोमा चोट


  • 6.2K
    Shares

    पृथ्वी जयन्तीमा हिडेकी मनिषा कोइरालालाई प्रहरीले रोक्यो, लाठी चार्ज हुँदा महिलाको टाउकोमा चोट

    काठमाडौं । पृथ्वीनारायण शाहको प्रतिमा रहेको सिंहदरबारको पश्चिम गेट क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । सो क्षेत्रमा प्रहरीको तैनाथी बढाइएको छ ।

    २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिको आह्वानमा प्रतिमामा माल्यार्पणका लागि सहभागीहरु र्‍यालीसहित सिंहदरबार पश्चिम गेट तर्फ गएका छन् । प्रहरीले सो क्षेत्रका तैनाथी बढाए पनि सहभागी रोकिएका छैनन् ।

    भद्रकाली–सिंहदरबार क्षेत्रको अवस्था अहिले ‘तनावग्रस्त’ छ । प्रहरीले रोक्न खोजेको छ भने सहभागीहरु अघि बढ्न खोजिरहेका छन् ।

    प्रतिमा भएको क्षेत्रमा एक समूह प्रवेश दिइए पनि अरु समूहलाई बिच सडकमै रोखिएको छ । सहभागीले प्रहरी विरुद्ध नाराबाजी गरेका छन् । सो क्षेत्रमा आवातजावत गर्न पूर्ण रुपमा रोक लगाइएको छ । सडकपेटीमा हिँड्नेहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ।

    प्रहरीको लाठी प्रहारबाट एक महिलाको टाउकोमा चोट लागेको छ । नागरिक तहबाट आज पुस २७ गते हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनका लागि समितिले कार्यक्रम गरेको हो ।

    यो अभियानमा अभिनेत्री मनिषा कोइराला, रमेश खरेल तथा भरत बस्नेतसहितको सक्रिय सहभागिता रहेको छ । प्रहरीले कोइरालासहितको टोलीलाई पनि अघि बढ्न दिएको छैन ।

    प्रकाशित मिति :पौष २७ २०७७ सोमवार - १३:५७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij