२०८२ भाद्र ४ गते बुधवार
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको संस्थापक शेयर आजदेखि बिक्रीमा आएको छ । बैंकको ४ लाख ५३ हजार ९३ कित्ता संस्थापक शेयर बिक्रीमा आएको हो ।
बैंकले विभिन्न सदस्यहरुको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ । उक्त शेयर खरिद गर्नका लागि ३५ दिनेभित्र आवेदन दिनुपर्नेछ ।
उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउनेछन् । ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र बैंकको केन्द्रीय कार्यालय बागबजार, काठमाडौंमा निवेदन दिनु पर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij