२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं । वैदेशिक रोजगारीमा जाने सबै कामदारको पिसिआर परीक्षण नि:शुल्क गरिने भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै नि:शुल्क पिसिआर परीक्षणको व्यवस्था गरेको हो।
संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूति दिने अभिप्रायले यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
अबदेखि सरकारअन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकका लागि नि:शुल्क पिसिआर परीक्षण हुनेछ। तर, त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेस गर्नुपर्नेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij