Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सांग्रिला डेभलपमेन्ट बैंकको ११० औं शाखा जयनगर (मगरागढी)मा  

सांग्रिला डेभलपमेन्ट बैंकको ११० औं शाखा जयनगर (मगरागढी)मा  


  • 4.1K
    Shares

    सांग्रिला डेभलपमेन्ट बैंकको ११० औं शाखा जयनगर (मगरागढी)मा  
    images

    काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै जयनगर (मगरागढी), बारवर्दिया नगरपालिका वडा नं. ६, बर्दियामा शाखा संचालनमा ल्याएको छ । बैंकले विहिवार सो शाखा संचालनमा ल्याएको हो ।  जयनगर (मगरागढी) शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । 

    यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११० पुगेको छ र आजको यस शाखाको उद्घाटन बारबर्दिया नगरपालिकाका नगर प्रमुख श्री दुर्गा बहादुर थारु (कबिर)ज्यू तथा यस बैंकका अध्यक्ष श्री अच्यूत प्रसाद प्रसाईज्यूद्वारा सामुहिक रुपमा गराइएको जानकारी गराउन चाहन्छु ।

    सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।

    बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं ।  
     

    प्रकाशित मिति :फाल्गुण १३ २०७८ शुक्रवार - ११:११:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij