Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

मेगा बैंकको १ लाख २९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

मेगा बैंकको १ लाख २९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा


  • 4.3K
    Shares

    मेगा बैंकको १ लाख २९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा
    images

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले १ लाख २९ हजार ९१५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । 

    बैंकले विभिन्न सदस्यहरुको नाममा रहेको उक्त शेयर विक्रीका लागि बिहीवार ३५ दिने सूचना जारी गरेको हो । यी शेयर खरीदका लागि गैर संस्थापक शेयरधनीहरुबाट इच्छा व्यक्त भएपनि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिनुपर्ने व्यवस्था बमोजिम बैंकले यो सूचना जारी गरेको हो । 

    इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनु पर्नेछ । 

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।

    प्रकाशित मिति :फाल्गुण १२ २०७८ बिहिवार - १०:५७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij