२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक ई–सेवाले पुनः रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ।
ई–सेवाले यसअघि पनि रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको थियो। यस अफरअन्तर्गत ई–सेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई ई–सेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन्।
यस अफरअन्तर्गत रिफर गरेको व्यक्तिले ई–सेवामा रजिस्टर गर्दा रु २० आम्दानी गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ई–सेवामा न्यूनतम रु सय रकम लोड गर्दा रु ५ र कारोबार गर्दा रु १० सहित रु ३५ आम्दानी गर्न सकिनेछ। रिवार्ड प्राप्त गर्नको लागि रिफर लिंक आएको ७ दिनभित्र सोही लिंक क्लिक गरी आग्रह–रिफर स्वीकार गर्नुपर्नेछ।
ई–सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत सहज बनाएको छ। ई–सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज तथा बसको टिकट, स्कुल–कलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।
ई–सेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन्। यी बैंकबाट ई–सेवामा सहजै रकम जम्मा गर्न तथा ई–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij