Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

एनएमबि बैंकको नौलो बचत योजना “NMB You-Wah! Digi Savings”

एनएमबि बैंकको नौलो बचत योजना “NMB You-Wah! Digi Savings”


  • 4.6K
    Shares

    एनएमबि बैंकको नौलो बचत योजना “NMB You-Wah! Digi Savings”
    images

    एनएमबि बैंक लिमिटेडले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहितगर्न नयाँ बचत खाता “NMB You-Wah! Digi Savings” ल्याएको छ ।

    १८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली (युवा) नागरिकले यो खाताखोल्न सक्नेछन् । एनएमबि बैंकले यो खाता अन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर प्रदानगर्नुको साथै मेरो सेयर, डिम्याट र आस्वानिःशुल्क उपलब्ध गराउने जनाएको छ । त्यसैगरी यस योजना अन्तर्गत बैंकले, एनएमबि ओम्नीच्यानल बैंकिङ्ग, एनएमबिक्रेडिट कार्ड र एनएमबि डलर कार्ड (साथै डलर टप–अप) मानिःशुल्क सुविधा सहित डिजिटल कारोबारमा निःशुल्कअन्तर बैंक फण्ड ट्रान्सफर (ABBS) र वार्षिक रु १,२०० सम्मको क्यास ब्याक योजना जस्ता आकर्षक लाभहरू पनि उपलब्ध गराउने छ । 

    यसकाअतिरिक्त, बैंकले उच्चशिक्षामाजानचाहने विद्यार्थीहरूलाई शैक्षिक ऋणको प्रशासनिकशुल्कमा २५% छुट पनिउपलब्ध गराउने जनाएकोे छ ।

    एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि उक्त पत्रिकाबाट चार पटक नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरिसकेको छ ।

    एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

     

    प्रकाशित मिति :फाल्गुण ११ २०७८ बुधवार - १३:५६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij