२०८२ आश्विन २६ गते आइतवार
नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन, सीजी मोटोकर्पले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार, सुजुकी सेलेरियो सार्वजनिक गरेको छ ।
सर्वाधिक माइलेज दिने सो गाडीको लो रनिङ कस्टका कारण, बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धि भारबाट केहि राहत मिल्ने कम्पनीले जनाएको छ ।
नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको कम्पनीको भनाइ छ ।
सेल्स एण्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तका अनुसार,‘सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यु जेनेरेशन सेलेरियो मा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्नेछ्र ।’
अल न्यु सेलेरियोले ३ डी अर्गानिक स्कल्प्ड डिजाइनको साथै गतिशील स्ट्यान्स प्रदान गर्दछ। स्टाइलिश ३डी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ ।
एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ । १५” (३८.०२ सेन्टीमिटर) अर्बन कालो अग्लो पाङ्ग्रा र अगाडिको फग ल्याम्पले यसमा जीवन्त शैलीको आकर्षण थप्ने कम्पनीको भनाइ छ ।
स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम महशुस गराउँछ
उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ ।
पावर र माइलेजको उत्तम समिश्रण भएको नयाँ जेनेरेशनको डुअल जेट, डुअल भीभीटी युक्त के सेरिज् इन्जिन प्रयोग गरेको छ । जसले नेपालमै सर्वाधिक २६.६८ किलोमिटर प्रतिलिटर माइलेज दिनसक्ने छ ।
सेगमेंटमै पहिलो आइडल स्टार्ट–स्टप प्रयोग गरिएको नयाँ सेलेरियोले सीओ२ इमिसन्सलाई १९% सम्म घटाउने छ । अत्याधुनिक प्रविधिद्वारा संचालित, नयाँ सेलेरियोले ८९ एनएम, ३५०० आरपीएमको टर्क र ६७ पीएस, ५५० आरपीएमको पावर दिन्छ ।सेलेरियोको ३ भेरियन्टको फरक फरक मूल्य कायम छ ।
जसअनुसार सेलेरियो भीएक्आईको २७ लाख ९९ हजार रुपैयाँ, सेलेरियो जेडएक्सआईको २९ लाख ९९ हजार रुपैयाँ र सेलेरियो जेडएक्सआई प्लसको ३१ लाख ९९ हजार रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij