Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

८ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

८ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


  • 4.0K
    Shares

    ८ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
    images

    नेपाल राष्ट्र बैंकले मंगलबार ८ अर्ब २३ करोड रुपैयाँ माथिको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन र १८२ दिन गरी दुई किसिममा कुल ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । 

    एक सूचना जारी गर्दै राष्ट्र बैंकले बिल खरिदका लागि सार्वजनिक आह्वान गरेको छ । इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सोमबार अपरान्ह ३ बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरी बिल भने भोलि मंगलबार बिक्री हुने बैंकले जनाएको छ । 

    बैंककाअनुसार ९१ दिनका लागि कुल २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि ६ अर्ब रुपैयाँ छुट्याइएको छ । ९१ दिनको ट्रेजरी बिल फागुन १० गतेबाट शुरु भएर आगामी जेठ १० गते परिपक्‍व हुनेछ भने १८२ दिनको बिल फागुन १० गते शुरु भएर आगामी वर्ष भदौ ७ गते परिपक्‍व हुनेछ ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७८ सोमवार - १३:३७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij